प्रधानमन्त्रीलाई मधेस प्रदेश सरकारको ध्यानाकर्षण
प्रकाशित मिति: बिहिबार, कार्तिक २३, २०८० | १५:३९:०३
काठमाडौँ, २३ कार्तिक । मधेस प्रदेश सरकारले प्रदेश प्रहरी समायोजनलगायत ६ बुँदे माग राख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाइएको छ ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षणपत्र बुझाएको हो ।
संघीयताको आठ वर्ष बितिसक्दा समेत प्रदेश सरकारले पूर्ण संवैधानिक अधिकार नपाएकाले ध्यानाकर्षण गराउनुपरेको मुख्यमन्त्री यादवले बताए । ३० दिनभित्र प्रदेशका माग सम्बोधन नगरे शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी उनले दिए । प्रदेश प्रहरी समायोजन, संघीय निजामती सेवा ऐन, सार्वजनिक जग्गाको प्रयोग, गुठी जग्गा, अर्थसम्बन्धी समस्या र अभियोजन विषयमा आधारित भई ज्ञापनपत्र बुझाइएको उनको भनाइ छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २३, २०८० |
१५:३९:०३
2905