सरकारलाई ढाल्न प्रतिक्रियावादीहरु सक्रिय भएकै छन्, तर त्यो सफल हुन्न : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट नयाँ आन्दोलनको सुरुआत गरिएको बताएका छन् । उनले आफु नेतृत्वको सरकार कति टिक्छ या सरकारमा आफुहरु कति दिन रहिन्छ भन्ने हिसाव गनरी सरकारबाट भष्टा«चार विरुद्द नयाँ आन्दोलनको सुरुआत गरेको बताएका छन् । शनिवार काठमाडौंको किर्तिपुरमा आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले त्यस्तो बताएका हुन् । ‘हामीले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेका छौँ । अझै गर्छौं । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन,’ प्रधानमन्त्री प्रचण्डले भने ।
२०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरी अब माओवादी रुपान्तरण भएर जानुपर्ने प्रधानमन्त्रीकोभ नाई थियो । ०६४ सालमा आफुलाई किर्तिपुरका जनताले जिताएको तर त्यसबेला सरकारमा बसेर किर्तिपुरका लागि काम गर्न नसकेकोमा आफुलाई दुः ख लागेको पनि प्रधानमन्त्रीको भनाई थियो । त्यसबेला आफुलाई ५ वर्ष नै सरकारमा रहने विश्वास लागेको भएपनि ९ महिनामै सरकारबाट बाहिरिनुपर्दा किर्तिपुरलाई सोचे अनुरुपविकास गर्न नसकेको प्रधानमन्त्री प्रचण्डले स्वीकारेका हुन् ।
‘२०६४ एउटा स्थिति थियो, हामी २०६४ मै त फर्किन सक्दैनौँ । अब आउने भनेको ६४ होइन, २०८४ हो । २०८४ मा हामी ०६४ जस्तै जनताको पक्षमा, जनताको विश्वास लिनसक्छौँ की सक्दैनौँ । हामीले सरकारबाट पनि नयाँ आन्दोलनको शुरुवात गरेका छौँ । अझै गर्छौं । कति दिन सरकार रहन्छ, प्रधानमन्त्री रहन्छु, मुख्यमन्त्री हुन्छु, त्यो मुख्य कुरा होइन । मुख्यकुरा जनताको पक्षमा सुशासन, सामाजिक न्याय र समृद्धिको हो ।’ प्रधानमन्त्रीले भने,–‘हामीले कति राम्रो कुरा शुरु गर्छौं त्यो मुख्य कुरा हो । अर्थतन्त्रमा केही सुधार भएको छ । राजश्व पनि वृद्धि हुन थालेको छ । पर्यटक त इतिहासमै सबैभन्दा बढी भित्रिएका छन् । रेमिट्यान्स धेरै नै बढेको छ । विदेशी मुद्राको सञ्चितिको स्थिति उल्लेख्य र उत्साहजनक छ । अर्थतन्त्रको समस्या समाधानका लागि तिहारपछि नै भेला गर्दैछु ।’
पछिल्लो समय अर्थतन्त्रमा केही सुधार हुँदै गएको उनको भनाई थियो । उनलेअ ब देश श्रीलंका जस्तो अवस्थामा नपुग्ने विश्वास ब्यक्त गरे । राजश्व वृद्धि, पर्यटकमा वृद्धि र रेमिट्यान्स उत्साहजनक हुनुले अर्थतन्त्र सुधार भइरहेको प्रधानमन्त्रीको भनाई थियो । मौर्दिक नीति र वित्तिय नीति सुधार गर्नका लागि, बैंकको ब्याजदर घटाउनका नीम्ति, जग्गाको कारोबार बढाउन कित्ताकाट खुलाउनका निम्ति, अर्थतन्त्रलाई चलायमान बनाउनका नीम्ति धेरै मिहेनत गरियो ।
भनेजस्तो परिणाम आएको छैन तर केही सुधार भएको छ । पहिले भनेजस्तो नेपाल अब श्रीलंका नै हुन्छ भन्ने अब त्यस्तो आतंक छैन । अहिले राजस्व पनि बृद्धि हुन थालेको छ, इतिहासमै बढी पर्यटक एकै महिनामा भित्रिएका छन् । रेकर्ड बढेको छ, रेमिट्यान्स बढेको छ । अहिले बिदेशी मुद्राको सञ्चिती अत्यन्त उत्साहप्रद छ ।’ प्रधनमन्त्रीले भने । प्रधानमन्त्री प्रचण्डले देशमा अब केही हुन्छ की भन्ने आशाको रक्तसञ्चार शुरु भएको बताए । उनले सरकारलाई ढाल्न विभिन्न प्रतिक्रियावादीहरु सक्रिय भएको पनि बताए ।तर त्यस्ता प्रतिक्रियाबादी षड्यन्त्र सफल नहुने पनि प्रधानमन्त्रीको भनाई थियो ।