मंसिर ७ मा सरकारले तोकेको रुटमा प्रर्दशन गर्न, रातो टोपी लगाउन, सबैलाई झन्डा बोक्न ओलीको निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध औला उठाउने कोसिस कसैले नगरे हुने चेतावनी दिएका छन् । पार्टी निकट जनवर्गीय संगठनहरुको भेलालाई पार्टी कार्यालयमा सम्वोधन गदैं ओलीले लोकतन्त्रको विरुद्ध औँलो कसैले ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ भन्न्े एमालेले देखाईदिने चेतावनी दिए ।
मंसिर ७ मा दुर्गा प्रसाईंले गर्न खोजेको आन्दोलनप्रति इंगित गदैं ओलीले त्यस्तो चेतावनी दिएका हुन् । ‘हामीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो । बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो, त्यस कारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु । ओलीले थप अगाडी भने, लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोड्दिऊँ, लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ शान्तिपूर्ण तरिकाले हामी तल झार्दिन्छौँ ।’
मङ्सिर ७ गते युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहने पनि ओलीले बताए । उनले सो दिन सरकार र दक्षिणपन्थी शक्तिहरूलाई थोरै सङ्केत मात्र गर्ने बताउँदै शान्तिपूर्ण राजनीतिको रूपमा राजनीतिक प्रदर्शन गर्ने बताए । युवा विद्यार्थी अगाडि रहेर गरिने सो प्रदर्शनमा निषेधाज्ञा भने नतोड्ने ओलीको भनाई थियो । सरकारले रुट तोकेमा सोही रुटमा प्रदर्शन गर्न पनि उनले कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले पुगेसम्म रातो टोपी लगाउन, सबैलाई झन्डा बोकेर प्रदर्शन गर्न निर्देशन दिए ।