स्वास्थ्य क्षेत्रमा आयोगले प्रक्षेपण गरेअनुसार नै जनशक्ति उत्पादन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गरिने बताएका छन । सोमबार आयोजित चिकित्सा शिक्षा आयोगको बाह्रौँ बैठकमा उनले यस्तो बताएका हुन । “यो अवस्थामा आयोगबाट तयार भएको जनशक्ति प्रक्षेपण योजनाअनुसार नै जनशक्ति उत्पादनको आधार तय गर्नुपर्ने हुन्छ,” उनले भने ।
प्रधानमन्त्रीले हाल चिकित्सा शिक्षा क्षेत्रबारे बिनातथ्य विभिन्न सूचना आइरहेकाले सेवाप्रदायक संस्था, अभिभावक, विद्यार्थी र नियामक निकाय समेतलाई सही निर्णय लिन कठिन भइरहेको बताए । चिकित्सा शिक्षाको अध्ययन अध्यापनलाई मलुकका सबै प्रदेशमा विस्तार गरी आवश्यक जनशक्ति विकास गरी जनताको घरदैलोमा गणुस्तरीय स्वास्थ्य सेवा सरल र सहजरुपमा प्रदान गर्ने वातावरण सृजना गर्नको लागि आवश्यक कानुनी नीतिगत र संस्थागत सुधार क्रमश बढाउँदै लैजानुपर्ने उनको भनाइ छ ।