एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । भोलि बुधबार बैठक बोलाइएको हो । ७ मंसिरमा एमालेले काठमाडौंको तनकुनेमा गर्न लागेको प्रर्दशनको पूर्वसन्ध्यामा केन्द्रीय समिति बैठक बोलाइए पनि पार्टी अिभयान लगायतका विषयमा मात्र बैठकमा छलफल हुने एमाले नेताहरुको भनाई छ । एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता राजेन्द्र गौतमका अनुसार ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि केन्द्रीय कमिटि बैठक बोलाइएको हो ।
यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ दार्चुलाको झुलाघाटबाट सुरु गर्दै छ । बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने छ ।






















