दुर्गा प्रसाईंका सहप्रवक्ताले भने- भोलिबाट अनिश्चितकालिन काठमाडौं बन्द गछौं
काठमाडौं । राजावादी अभियान्ता तथा मेडिकल ब्यापारी दुर्गा प्रसाईं समुहले भोलिबाट अनिश्चितकालिन काठमाडौं बन्दाको चेतावनी दिएको छ । बल्खुमा आफनो कार्यक्रममाथी प्रहरी दमन भएको र त्यसको विरोधमा भोलि देखि अनिश्चितकालिन रुपमा काठमाडौं बन्द गर्ने निर्णयमा आफुहरु पुगेको प्रसाईंको अभियानका सहप्रवक्ता समेत रहेका राजानन्द माण्डब्यले जानकारी दिए ।
राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान नेपालका नाममा प्रसाईंले आज काठमाडौंमा शक्ति प्रर्दशन गरेका छन् । काठमाडौंका विभिन्न आठ स्थानबाट निकालेको जुलुश र रयाली बल्खुमा पुगेर भेलामा परिणत भएको थियो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेपछि प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
त्यसक्रममा त्यहाँ प्रहरी र प्रर्दशनकारीका बीच्मा झड्प भएको थियो । झडपमा परी १३ जना आफुहरुको घाइते भएको र एक् जना ६० वर्षको बृद्दको अबस्था गम्भिर रहेको प्रसाईको महाअभियानका सहप्रवक्ता राजानन्द माण्डब्यले जानकारी दिए । ‘प्रहरीले बल प्रयोग गरेको छ । हाम्रो तर्फ १३ जना साथीहरु घाइते हुनुभएको छ । त्यसमध्ये एक् जना ६० वर्षका बृद्दको अबस्था गम्भिर छ,’ सहप्रवक्ता माण्डब्यले मेरोन्यूजसँग भने,–‘प्रहरी दमनको विरोधमा हामी भोलि देखि अनिश्चितकालिन काठमाडौं बन्द गछौं ।’