दुर्गा प्रसाईंको समूहले भोलिदेखि तीनकुनेमा प्रदर्शन गर्ने
प्रकाशित मिति: बिहिबार, मंसिर ०७, २०८० | १७:५४:४८
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवारबाट तीनकुनेमा प्रदर्शन गर्ने भएका छन । पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रवारबाट युवा विद्यार्थीले बिहीबार प्रदर्शन गरेको स्थानमा प्रदर्शन गर्ने भएका हुन । पहिलो दिन बुधबार काठमाडौं उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले ¥याली निकालेको थियो ।
बल्खुमा कोणसभा हुनुअघि प्रसाईंका समर्थकसँग युवा संघ र प्रहरीको झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, मंसिर ०७, २०८० |
१७:५४:४८
5237