कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड बुधबार यूएई जाने
काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधार यूएई जाने भएका छन । बुधबार राति नेपाल एयरलाइन्सको विमानमार्फत प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन । संयुक्त अरब इमिरेट्स (यूएई)मा मंसिर १४ देखि २६ गतेसम्म यो सम्मेलनको आयोजना हुँदैछ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बुधबार जाने छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन ।
प्रधानमन्त्री प्रचण्डले शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्ने छन् । यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्ने छन । प्रधानमन्त्री मंसिर १७ गते स्वदेश फर्किने तालिका छ ।