दुर्गा प्रसाईंका स्वकीय सचिव पनि पक्राउ
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० | १२:२२:०५
काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंका स्वकीय सचिव विनञ्जय थापालाई पक्राउ गरेको छ । सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले थापासहित दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको हाे । उनीहरुलाई गौशालासहित विभिन्न ठाउाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईँको आह्वानमा केहीदिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १२, २०८० |
१२:२२:०५
2817