स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. लोहनी नियुक्त
प्रकाशित मिति: बिहिबार, मंसिर १४, २०८० | १७:४२:१२
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
यस्तै बैठकले माल्दिभ्सको मालेमा २०८० साल मंसिर २७–२८ मा आयोजना हुने मिनिस्ट्रियल मिटिङमा महान्यायाधिवक्ता डा। दिनमणि पोखरेललाई सहभागि हुन स्वीकृति दिएको छ ।
प्रकाशित मिति : बिहिबार, मंसिर १४, २०८० |
१७:४२:१२
2729