एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८० | १०:०५:०४
काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्ने भएको छ । सोमबारबाट सुरू भएको बैठक आज मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि माघ १४ गतेबाट सुरू गर्ने निर्णय गरेको महाधिवेशन प्रस्ताव सार्न सोमबारबाट बैठक सुरु भएको थियो ।
सोमबारबाट सुरू भएको बैठकमा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस र मदन–आश्रित स्मृति दिवस जेठ ३ गते महाधिवेशन गर्ने गरी नयाँ मिति प्रस्ताव भएको छ । ‘महाधिवेशन सार्न प्रस्ताव आएको छ। आज बस्ने बैठकले त्यसबारे निर्णय गर्छ,’ खडिवडाले भने। यसका अतिरिक्त राष्ट्रिय सभाको निर्वाचन र ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे पनि छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर १९, २०८० |
१०:०५:०४
1893