अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य
प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० | १५:४२:५७
काठमाडौं । यू १९ एसिया कपको दोस्रो खेलमा नेपाललाई अफगानिस्तानले २६२ रनको लक्ष्य दिएको छ । दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको हो । अफगानिस्तानका लागि जमशीद जद्रानले १ सय ६ रनको सतकीय इनिङ खेले । यस्तै नुमान शाहले ६०, रहिमुल्लाह जुर्मतीले ३५ र वफीउल्लाह तराखिलले १५ रन बनाए ।
बलिङतर्फ नेपालका लागि गुल्सन झा, हेमन्त धामी र सुभाष भण्डारीले २/२ विकेट लिए । यस्तै आकाश चन्द्र र दीपेश कडेलले १/१ विकेट लिए ।
प्रकाशित मिति : आइतबार, मंसिर २४, २०८० |
१५:४२:५७
2971