पर्यटनमन्त्री किरातीको राजीनामा माग्दै राप्रपाको प्रदर्शन
प्रकाशित मिति: शुक्रबार, पौष ०६, २०८० | १७:२९:४१
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै प्रदर्शन गरेको छ । बुधबार धर्मबारे मन्त्री किरातीले दिएको अभिव्यक्ति ‘गैरजिम्मेवार र गैरसंवैधानिक’ रहेको भन्दै राप्रपाले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गर’सहितका नारा लगाएका थिए ।
मन्त्री किराँतीले गत बुधबार काठमाडौंमा आयोजित क्रिश्चियन महोत्सवको कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो भन्दै क्रिश्चियन धर्मको प्रचार–प्रसार गरेका थिए ।
प्रकाशित मिति : शुक्रबार, पौष ०६, २०८० |
१७:२९:४१
2289