एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक
प्रकाशित मिति: बिहिबार, पौष १२, २०८० | ९:५८:३५
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी सातौं बैठक बिहीबार पनि छ । बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले विधान संशोधनका बारेमा आ-आफ्नो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ ।
आज बिहान ११ बजेदेखि ललितपुरको ग्वार्खोमा सुरू हुने बैठकमा विधानको मस्यौदामाथि छलफल हुने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए। विधानमाथिको छलफलका लागि एकीकृत समाजवादीले प्रश्नावली केन्द्रीय सदस्यलाई उपलब्ध गराएको छ । विधानमाथि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विधानमाथि टिप्पणी गर्नका लागि ३–३ मिनेटको समय छुटाइएको छ ।
प्रकाशित मिति : बिहिबार, पौष १२, २०८० |
९:५८:३५
3961