प्राधिकरणले विद्युत लाइन काटेपछि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने तयारीमा उद्योगीहरु
प्रकाशित मिति: बिहिबार, पौष १२, २०८० | १३:००:३७
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको विवादकाबीच नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि उद्योगीहरुले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेर ज्ञापनपत्र बुझाउने तयारी गरिरहेका छन् । साथै उनीहरुले शीर्ष नेताहरुलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका छन् । उद्योग परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई र बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर कानुनसम्मत तरिकाले विवाद समाधान गर्न आग्रह गरेका हुन् ।
बारा पर्सा करिडोरका जगदम्बा स्टीलसहित त्रिवेणी स्पिनिङ मिल, हुलास स्टिल, अशोक स्टिल, सूर्य नेपाललगायत उद्योगहरुमा विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको छ । प्राधिकरणले लाइन काटिदिएपछि उद्योग बन्द भएको भन्दै मजदुरहरूले विरोध प्रदर्शनसमेत गरेका छन् ।
प्रकाशित मिति : बिहिबार, पौष १२, २०८० |
१३:००:३७
3763