राष्ट्रियसभा निर्वाचनका अधिृकत फेरिए
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तोकिएका सात प्रदेशका निर्वाचन अधिकृत फेरिएका छन् । न्याय परिषद्को निर्णयको आधारमा जिल्ला अदालतका केही न्यायाधीशहरू उच्च अदालतमा नियुक्त भएसँगै निर्वाचन आयोगले पनि आफ्नो पूर्व निर्णयहरु हेरफेर गरेको हो । आयोगले पुस १२ गते कोसी प्रदेशका लागि दुर्गाप्रसाद ढुंगेल, मधेस प्रदेशका लागि नारायणप्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओमप्रसाद अर्याललाई अधिकृतमा नियुक्त गरेको थियो ।
राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आयोगको बिहीबार बसेको बैठकले आजैका मितिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशमा विष्णु प्रसाद गौतम, मधेस प्रदेशमा चित्रबहादुर गुरुङ, बागमती प्रदेशमा श्रीप्रसाद सञ्जेल, गण्डकी प्रदेशमा ऋषिराज आचार्य, लुम्बिनी प्रदेशमा कुलप्रसाद पाण्डे, कर्णाली प्रदेशमा मनोज श्रेष्ठ र सुदूरपश्चिम प्रदेशमा विष्णु प्रसाद अवस्था नियुक्त भएका छन् ।