खैरहनीका ४ का जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण
प्रकाशित मिति: आइतबार, माघ १४, २०८० | २१:११:३८
चितवन , १४ माघ । खैरहनी नगरपालिका वडा नम्बर ४ ले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई आज न्यानो कपडा वितरण गरेकोे छ । वडा नम्बर ४ को कार्यालयले वडामा रहेका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा , पौष्टिक आहार सहित सम्मान पत्रले सम्मान गरेको हो ।
१ सय २० जना जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई आज सम्मान पत्र , ब्याल्यान्केट र मह वितरण गरिएको खैरहनी ४ का वडा सदस्य विवेक विसुरालले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि खैरहनी नगरपालिकाका नगर प्रमुख शशि कुमार खनियाँ , वडा नम्बर ४ का वडा अध्यक्ष वेद बहादुर अधिकारी लगायतले जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान पत्र , न्यानो कपडा र मह हस्तान्तरण गरेका थिए ।
भिडियो
प्रकाशित मिति : आइतबार, माघ १४, २०८० |
२१:११:३८
5919