उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८० | १३:२४:०५
काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको निधन भएको छ । मरासिनीको मंगलबार बिहान निधन भएको हो। स्वास्थ्य समस्या देखिएपछि उनलाई कलंकीस्थित नेशनल अस्पतालमा भर्ना गरिएको थियो । कलंकीस्थित निवासमै उनलाई हृदयघात भएपछि बिहान साढे ८ बजे नेशनल अस्पतालमा भर्ना गरिएको थियो ।
तर नेशनल अस्पतालका चिकित्सकले उनलाई बिहान १० बजेतिर मृत घोषणा गरेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बताए । मरासिनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।
प्रकाशित मिति : मंगलबार, माघ १६, २०८० |
१३:२४:०५
4599



















