तीन ब्याटरकाे अर्धशतकसँगै क्यानडामाथि नेपालको सहज जित
प्रकाशित मिति: शनिबार, माघ २७, २०८० | १६:४३:१९
काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले पराजित गरेको हो । क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाए । यस्तै देव खनालले ७६, अनिलकुमार साहले ५०,भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । जितसँगै नेपालले तीन खेलको शृंखलामा २(० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।
प्रकाशित मिति : शनिबार, माघ २७, २०८० |
१६:४३:१९
6029





















