एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
प्रकाशित मिति: बुधबार, फाल्गुण २३, २०८० | १३:२०:३४
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठक सुरू भएको छ। पार्टी कार्यलय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा नयाँ गठबन्धनमा सामेल हुने/नहुने भन्ने विषयमा छलफल र निर्णय हुने बताइएको छ । नयाँ गठबन्धनमा सहकार्यको लागि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले मंगलबार राति नेपाललाई भेटेर आग्रह गरेका थिए ।
यता‚ आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सत्ता समिकरणको विषयमा संवाद गरेका थिए । यसैबीच नयाँ गठबन्धनबारे ठाेस निर्णय गर्न सचिवालय बैठक बसिरहेकाे हाे ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २३, २०८० |
१३:२०:३४
2795