शिक्षामा खैरहनीको नौलो अभ्यास, वस्ती वस्तीमामा गृहकार्य कक्षा
चितवन, २५ फाल्गुन । चितवनको खैरहनीनगरपालिकाले शिक्षाको क्षेत्रमा नौलो अभ्यास गरेको सुरु गरेको छ । नगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागिवस्तिमै गृहकार्य कक्षा संचालनगरेको हो । दैनिकज्यालामजदुरी गरेर परिवार पाल्नुपर्ने , बालबच्चालाई पठनपाठनमा सहजीकरण गर्न नसक्ने परिवारका बालबालिकाको लागिउनीहरुलाई पायक पर्ने वस्तिमा गृहकार्य कक्षा सचालनगरिएको हो । नगरपालिकाले सामुदायिकविद्यालयमाकक्षा १ देखि ५ सम्मअध्ययनगर्ने विद्यार्थीको लागिनगरभित्रको २८ स्थानमा गृहकार्य कक्षा सन्चालन गरेको छ ।
गृहकार्य कक्षाको लागि वस्तीे नजिक रहेको कोठा ,सामुदायिकभवन , संघसस्थाको भवन र विद्यालय नै भएको स्थानमाविद्यालयकै कोठामा गृहकार्य कक्षा संचालनगरिएको खैरहनीकानगर प्रमुखशशीकुमार खनियाले जानकारी दिए । केहि स्थानमा कोठा भाडामा लिएर समेत कक्षा संचालनगरिएको र गृहकार्य कक्षाको लागिकापी समेत नगरपालिकाले उपलब्ध गराएको उनले बताए । विद्यालयमाअध्ययन गरेपछि घरमा सहजीकरण , सिकाउने व्यक्तिनहुदाविद्यार्थीले प्रयाप्त शैक्षिकवातावरण नपाएको विषयलाई मध्यनजर गर्दै गृहकार्य कक्षा संचालनगरिएको नगरप्रमुखखनियाले बताए ।
विद्यालयमादिइएको गृहकार्यसंगै अन्यथपविषयवस्तु र व्यवहारिक शिक्षा समेत गृहकार्य कक्षामादिइदै आएको छ । गृहकार्य कक्षाको सहायताले विपन्न परिवारका बालवालिकामाविद्यालयपश्चात् पनि पढ्नेलेख्ने वानीको विकास हुने , अभिभावकको समय अभावमा समेत बालवालिकामाथीनिगरानी र संरक्षण प्राप्तहुने खैरहनीनगरपालिककीउपप्रमुखकविताउप्रेतीले बताइन् ।गृहकार्य कक्षाको लागि वडा समितिले छनौट गरेका २८ जना सहजकर्ताहरुलाई खटाएको उनले बताइन् । गृहकार्य कक्षाको लागिसहजकर्ताहरुमाबहालवालशिक्षक , स्वंयम्सेवकशिक्षक र कक्षा १२ उतिर्ण गरेकाहरु रहेका छन् ।
प्रत्येकदिनदुईघण्टा कक्षा संचालनहुँदै आएको छ । गृहकार्य कक्षाकार्यक्रममानगरपालिकाको १३ वटै वडाका करिब ७ सय ८४ जनाविद्यार्थी लाभान्वीतहुने खैरहनीकानगर शिक्षाअधिकारी राजु वानियाँले जानकारी दिए । नगरपालिकाले यसअघि सामुदायिकविद्यालयहरुमाविषयगतअध्ययन गराउन ५८ जना स्वयम्सेवक शिक्षकहरु खटाएर पठनपाठन गराउदै आएको छ ।खैरहनीमाध्यमिकविद्यालयमादशजोर दुईमानिशुुल्क विज्ञान शंकायको कक्षा समेत संचालनगर्दै आएको छ ।