खैरहनीमा कक्षा ८ को नतिजा सार्वजनिक
चितवन , २३ चैत । खैरहनी नगरपालिकाले आधारभूत शिक्षा उतीर्ण परीक्षा (कक्षा ८) को नतिजा सार्वजनिक गरेको छ । चैत २ देखी ९ गतेसम्म संचालन भएको कक्षा ८ को परिक्षाको नतिजा आज प्रकाशन भएको हो । आज प्रकाशित नतिजा अनुसार ९२ दशमलव ६७ प्रतिशत विद्यार्थी ग्रेडिङमा पर्न सफल भएका छन् ।
परिक्षमा सहभागी खैरहनीका १ हजार १ सय ७४ जना विद्यार्थीमध्य १ हजार ८८ जना विद्यार्थी ग्रेडिङमा परेको खैरहनीका नगर शिक्षा अधिकारी राजु बानियाँले जानकारी दिए । ९४ जना विद्यार्थीले ३.६ देखी ४ जिपिए , २ सय ९२ जना विद्यार्थीले ३.२ देखी ३.६ जिपिए , ४ सय ५९ विद्यार्थीले २.८ देखी ३.२ जिपिए , २ सय ३१ विद्यार्थीले २.४ देखी २.८ जिपिए , १२ जना विद्यार्थीले २ देखी २.४ जिपिए ल्याएका छन् । त्यस्तै ८६ जना विद्यार्थी भने अवर्गीकृतमा परेका छन् । दुईवटा विषयमा अवर्गीकृतमा परेका विद्यार्थीहरुले ग्रेड बृद्धि परिक्षामा सहभागी हुनपाउने नगर शिक्षा अधिकारी बानियाँले बताए । परिक्षामा खैरहनीका १३ वटा सामुदायिक विद्यालयबाट ४ सय ७९ जना विद्यार्थी र १५ वटा संस्थागत विद्यालयका ६ सय ९५ जना विद्यार्थीहरु सहभागी भएका थिए ।