मनोसामाजिक परामर्श तालिम सुरु
चितवन, १३ बैशाख । खैरहनिमा मनोसामाजिक परामर्श तालिम बिहीबारदेखि सुरु भएको छ । विद्यालयमा कार्यरत जेण्डर फोकल पर्सन महिला शिक्षक एवम् स्कुल हेल्थ नर्सहरुका लागि खैरहनी नगरपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा ३ दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै खैरहनी नगरपालिका प्रमुख शशि कुमार खनियाले मानिसमा सकारात्मक सोचको बिकास हुनु पर्ने बताए । हाम्रो समाजमा सकारात्मक भन्दा नकारात्मक सोच बढी हुने गर्छ,प्रमुख खनियाले भने- त्यसका लागि मानसिक ,शारीरिक अबस्था ठिक हुनुपर्छ ।
भौतिक पुर्वाधारले मात्र नगर समृद्ध नहुने भन्दै उनले मानसिक रूपमा तन्दुरुस्त हुन आवश्यक रहेको बताए । विद्यार्थी कसरी पढ्न चाहन्छन,उनिहरुको समस्या के छ,त्यो शिक्षकले बुझ्न सक्ने भएकाले सोही अनुसार लाग्न प्रमुख खनियाले आग्रह गरे । उपप्रमुख कविता उप्रेतीले खुसी साथ बस्ने वातावरण बन्न तालिमले मद्दत पुर्याउने बिश्वास व्यक्त गरिन । प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद सापकोटाले शारीरिक र मानसिक अबस्था तन्दुरुस्त रहन मनोपरामर्शको महत्त्व बढेको बताए । तालिममा छवि अधिकारीले सहजीकरण गर्नेछन् ।
महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कृष्ण कुमारी गुरुङका अनुसार नगरपालिकाले दुई बर्ष अघिनै फोकल पर्सन तोकेर बालबालिकाको मनोपरामर्श दिदै आएको छ ।