चितवनमा बाघ र गैँडा मृत फेला
प्रकाशित मिति: मंगलबार, बैशाख २५, २०८१ | १६:००:५४
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नेपाली सेनाको सुरक्षा पोष्ट अमृतेबाट खटिएको टोलीले मृत बाघ फेला पारेको हो । अहिले घटनास्थलमा सेना र निकुञ्जको टोली पुगेको छ । घटनास्थल सौराहा नजिक पर्दछ । बाघको मृत्युको कारण खुल्न सकेको छैन ।
यस्तै नवलपरासीको कावासोती नगरपालिका–१५ स्थित गुन्द्रइढाका मध्यवर्ती सामुदायीक वन क्षेत्रमा एक भाले गैंडा मृत फेला परेको छ । गैंडा प्राकृतिक कारणले मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिए । गैँडाको खाग र खुर सुरक्षित छ ।
प्रकाशित मिति : मंगलबार, बैशाख २५, २०८१ |
१६:००:५४
2267