पर्सा सबस्टेशनबाट वितरण हुने विद्युत १२ घण्टा अबरुद्ध हुने
प्रकाशित मिति: शुक्रबार, जेठ ०४, २०८१ | १६:५९:३२
चितवन , ०४ जेठ । पुर्विचितवनको केही भागमा शनिबार विद्युत सेवा अवरुद्ध हुनेभएको छ । पुर्विचितवनको पर्सा सवस्टेशनबाट वितरण हुने विद्युत लाइन शनिवार १२ घण्टा अवरुद्ध हुने भएको हो । सवस्टेशनमा ममर्त तथा सुदृढीकरण गर्नुपर्ने भएकोले शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण रत्ननगर वितरण केन्द्रका इन्जिनियर विक्रम श्रेष्ठले जानकारी दिए । पर्सा सवस्टेशनबाट वितरण हुने टाडी फिडर , सौराहा फिडर , चैनपुर १ र २ फिडर बन्द हुने उनले बताए ।
उक्त फिडरबाट संचालित पर्सा , ज्यामिरे ,टाडी , पदमपुर , शक्तिखोर , जिरौना , सौराहा चोक , चित्रसारी लगायतको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने इन्जिनियर श्रेष्ठले बताए ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०४, २०८१ |
१६:५९:३२
3081