अमृतधारापानीको नयाँ कार्यसमिति चयन गर्न जेठ १९ मा निर्वाचन हुने
प्रकाशित मिति: मंगलबार, जेठ ०८, २०८१ | १७:१४:०८
चितवन , ०८ जेठ । अमृतधारापानी सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनको लागि निर्वाचन हुने भएको छ । १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न जेठ १९ गते निर्वाचन हुनेभएको हो । अध्यक्ष पदमा तिनजनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत अमृत मल्लले जानकारी दिए । त्यस्तै उपाध्यक्षमा दुईजना, सचीवमा तिनजनाको र कोषाध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा मेघ बहादुर खड्का,रमेश पौडेल र ज्ञान कुमारी ठकुरीको उम्मेदवारी परेको हो । उपाध्यक्षमा कुल बहादुर पौडेल र शान्ति महतो , सचिवमा पर्मिला चौधरी,रामजङ्ग तामाङ र निलम पुरी, कोषाध्यक्षमा गायत्री रिमाल र रिता श्रेष्ठको बिच निर्वाचन हुने निर्वाचन अधिकृत मल्लले बताए ।
प्रकाशित मिति : मंगलबार, जेठ ०८, २०८१ |
१७:१४:०८
3807






















