नगरपालिकालाई थप जग्गा र विभिन्न योजना मागसहित खैरहनीका मेयरले भेटे मुख्यमन्त्रीलाई
चितवन , १४ जेठ । खैरहनी नगरपालिकाका नगर प्रमुखसहितको टोलिले नगरपालिकालाई थप जग्गा र विभिन्न योजना माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्रीलाई भेटेका छन् । खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनिया , भौतिक पुर्वाधार समितिका संयोजक वडा नम्बर ८ का वडा अध्यक्ष शंकर कंडेल , वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक वडा नम्बर ४ का वडा अध्यक्ष बेद बहादुर अधिकारीसहितको टोलिले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल लाई भेटेर मागपत्र बुझाएका हुन् ।
खैरहनी नगरपालिकाको कार्यालय परिसरमा पार्किङ लगायतको स्थान थोरै र साघुरो भएकोले प्रदेश सरकार मातहतमा रहेको भुमिगत जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालयको जग्गाबाट १० कठ्ठा जग्गा भोग चलनको लागि व्यवस्था मिलाउन माग सहित मुख्यमन्त्रीलाई भेटेको खैरहनीका नगर प्रमुख शशी कुमार खनियाले जानकारी दिए । हाल खैरहनी नगरपालिका १० कठ्ठा जग्गामा ३ वटा प्रशासनिक भवन र एउटा सुविधा सप्पन्न सभाहल रहेको छ । दैनिक आउने सेवाग्राही , कर्मचारी , सभाहलमा हुने कार्यक्रममा आउने सहभागीको सवारीसाधन , कार्यालयकै दमकल , जेसिवी , गाडी लगायतको सवारीसाधन पार्किङको लागि धेरै असहज भएकोले नगरपालिकासंगै रहेको सिचाईको जग्गाबाट १० कठ्ठा जग्गा भोगचलनको व्यवस्था गराउन माग गरिएको नगर प्रमुख खनियाले बताए ।
जग्गा सहित आगामी आर्थिक वर्ष २०८१/८२ को लागि विभिन्न योजनाहरु समेत माग गरिएको नगर प्रमुख खनियाले वताए । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चितवन क्षेत्र नम्बर १ क का सांसद जगन्नाथ थपलियासहित नगरपालिकाको टोलिले मुख्यमन्त्रीलाई मागपत्र बुझाएको हो । सो अवसरमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय सरकार र प्रदेश सरकार मिलेर काम गर्नुपर्ने भन्दै प्रदेश सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने बताए ।