एसइई परिक्षामा खैरहनीका ५७ प्रतिशत विद्यार्थी उतिर्ण , डेजिका दुईजनाले ल्याए ४ जिपिए
चितवन , १३ असार । एसइई परिक्षामा खैरहनीका ५७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । आज सार्वजनिक भएको परिक्षाको नतिजामा खैरहनीका ५ सय ६० जना उतिर्ण भएका छन् । २०८० चैतमा संचालन भएको परिक्षामा खैरहनीबाट कुल ९ सय ७३ विद्यार्थी सहभागी भएका थिए । सामुदायिक विद्यालयहरुबाट परिक्षा दिएका ३ सय ८४ विद्यार्थीमध्य ९७ जना उतिर्ण भएका छन् । त्यस्तै संस्थागत विद्यालयहरुबाट सहभागी ५ सय ८९ विद्यार्थीमध्य ४ सय ६३ जना विद्यार्थी उतिर्ण भएका छन् । सामुदायिक विद्यालयबाट परिक्षा दिएकाहरुमध्य करिव २५ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् भने संस्थागततर्फ करिब ७८ प्रतिशत विद्यार्थी उतिर्ण भएको खैरहनी नगरपालिकाका शिक्षा अधिकृत रविन्द्र देवकोटाले जानकारी दिए ।
२ सय २७ जना विद्यार्थी पुरक परिक्षामा समावेश हुन पाउने भएका छन् । खैरहनीका कुल १ सय ८६ विद्यार्थी अनुत्तीर्ण भएका छन् । परिक्षामा खैरहनीको डेजि इङ्लिस बोर्डिङ सेकेण्डरी स्कुलका दुईजना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । डेजिका आर्यन अधिकारी र सुगम गौतमले ४ जिपिए ल्याएको विद्यालयले जनाएको छ । सामुदायिक विद्यालयतर्फ खैरहनी मावीका ३ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् ।
विद्यालय अनुसार नतिजाको विवरण