नसर्ने रोगहरुको रोकथाम र नियन्त्रण सम्बन्धि खैरहनीमा अभिमुखिकरण
चितवन , १७ असार । खैरहनीमा नसर्ने रोगहरुको रोकथाम र नियन्त्रण सम्बन्धि अभिमुखिकरण भएको छ । जनस्वास्थ्य कार्यालय चितवनको आयोजना खैरहनीका जनप्रतिनिधिहरु , स्वास्थ्यकर्मी , विद्यालयका प्रधानाध्यापकहरुलाई आज अभिमुखिकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा डा स्वप्निल शर्माले विषयवस्तुको बारेमा जानकारी दिए । कार्यक्रममा डा शर्माले नसर्ने रोगका कारकतत्वहरु , त्यसको रोकथाम र नियन्त्रणको विषयमा जानकारी दिएका छन् । सुर्तीजन्य , ध्रुमपान र मध्यपान , शारीरिक व्यायाम र अस्वस्थकर खानपिनको कारण मधुमेह , उच्च रक्तचाप , क्यान्सर लगायतको नसर्ने रोगहरुको बढ्दै गएको डा शर्माले बताए । उनले सुर्तीजन्य पदार्थ सेवन ,ध्रुमपान र मध्यपान छोडेर सकृय शारीरिक व्यायाम गर्ने र खानपिनमा सुधार गरे नसर्ने रोगहरुको संक्रमण कम हुने बताए ।
कार्यक्रमका बोल्दै खैरहनीका नगर प्रमुख शशी कुमार खनियाले मानिसको जिवनशैली परिवर्तन गर्नुपर्ने अवस्था आएको बताए । उनले नसर्ने रोग न्यूनीकरण गर्न आम नगरवासीलाई व्यायाम गर्ने विभिन्न स्थानमा खुल्ला व्यायामशाला संचालनमा ल्याइएको, बा आमा स्वास्थ्य कार्यक्रम मार्फत घर घरमै गएर जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिरहेको उनले बताए । नगर प्रमुख खनियाले नगरपालिकाको तर्फबाट नसर्ने रोग नियन्त्रण र रोकथाममा आफुहरु लाग्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा खैरहनीका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्र सापकोटा र स्वास्थ्य शाखा प्रमुख भोजराज खनालले बोलेका थिए । कार्यक्रममा नगर उप प्रमुख कविता उप्रेतीसहित विभिन्न वडाका वडाअध्यक्षहरु , कार्यपालिका सदस्यहरु , विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो ।