विपि स्मृति दिवसमा खैरहनीमा रक्तदान , ७७ जनाले गरे रक्तदान
प्रकाशित मिति: आइतबार, साउन ०६, २०८१ | १६:२२:००
चितवन , ०६ साउन । नेपाली काङ्ग्रेस चितवन क्षेत्र १ को आयोजनामा रक्तदान कार्यक्रम भएको छ । ४२ औं विपि स्मृति दिवसको अवसरमा क्षेत्रीय समितिले आज खैरहनीमा आयोजना गरेको रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा ७ जना महिला र ७० जना पुरुषले रक्तदान गरेको क्षेत्रिय सभापति किरण भूषण सिह ओलिले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य गुरु प्रसाद घिमिरेले पुरानो शैलीको कार्यक्रममा सिमित भएको अवस्थामा रक्तदान कार्यक्रम गरेर रचनात्मक काम गरेको भन्दै प्रसंशा गरे ।
उनले विपि कोइरालाले गरेका योगदानको चर्चा गर्दै नेपाली काङ्ग्रेसको एउटा सदस्य हुनुमा गौरवान्वित भएको बताए । उनले सबैलाई विपि सिद्धान्त मनन गर्दै हामी कतिको आत्मसात गर्न सकेका छौ भनेर आत्मसमिक्षा गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित मिति : आइतबार, साउन ०६, २०८१ |
१६:२२:००
2069