ऐतिहासिक रजत पदक जितेकी एरिकालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत (तस्बिरहरु)
प्रकाशित मिति: मंगलबार, आश्विन ०८, २०८१ | १४:२२:५९
चितवन, ०८ असोज । चीनको हान्झाऊमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । मंगलबार स्वदेश फर्किएकी एरिकालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङसहितका पदाधिकारीले विमानस्थल पुगेर स्वागत गरेका हुन् ।
६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ रजत पदकमा सीमित भएकी थिइन् । उनले जितेको रजत पदक नेपालका लागि ऐतिहासिक हो ।
प्रकाशित मिति : मंगलबार, आश्विन ०८, २०८१ |
१४:२२:५९
485