खैरहनीमा शुक्रबारदेखि तेस्रो मेयर कप फुटबल सुरुहुदै
चितवन, ०१ कार्तिक । खैरहनीमा शुक्रबारदेखि तेस्रो मेयर कप फुटबल प्रतियोगिता सुरु हुदैछ । खैरहनी नगरपालिका तथा नगर खेलकुद विकास समितिको आयोजना खैरहनी मा विको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको नगर खेलकुद विकास समितिका अध्यक्ष धनविर चौधरीले बताए । प्रतियोगितामा खैरहनीका १३ वटा वडाको वडा स्तरीय समूह सहभागी हुनेछन् । शुक्रबारबाट सुरु हुने प्रतियोगिताको फाइनल खेल कार्तिक १० गते हुने चौधरीले बताए । प्रतियोगितामा प्रथम , द्वितीय हुने समुहलाई नगद पुरस्करसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ६० हजार र द्वितीय हुनेलाई नगद ४० हजार सहित ट्रफी र मेडल प्रदान गरिने खैरहनी नगरपालिकाका शिक्षा तथा खेलकुद शाखाका अधिकृत रविन्द्र देवकोटाले बताए । प्रतियोगितामा महिलाहरुलाई समेत प्रोत्साहन गर्न एउटा खेल राखिएको छ । उक्त खेलमा प्रथम हुनेलाई नगद ५ हजार र द्वितीय हुनेलाई नगद ४ हजार प्रदान गरिने देवकोटाले बताए ।