कोशी प्रदेशका सडकमा टाइम कार्ड सुरु
प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१ | १६:४६:१२
चितवन, १५ मंसिर । कोशी प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा टाइम कार्ड सुरु गरिएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको गछियामा आयेजित कार्यक्रममा टाइम कार्डको सुरुवात गरिएको हो । कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले सो रुट हुँदै चल्ने सवारी साधनलाई टाइम कार्ड हस्तान्तरण गरेर यसको अौपचारिक सुरुवात गरे ।
विराटनगरबाट काँकरभिट्टा जाँदै गरेको मे १ ख ३२५४ नम्बरका बस चालक अशोक टुडुलाई उक्त कार्ड हस्तान्तरण गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्रफिक व्यवस्थापन कार्यालय कोशीको आयोजना तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सहकार्यमा टाइम कार्ड सुरु गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, मंसिर १५, २०८१ |
१६:४६:१२
925