खैरहनी महोत्सवलाई सांगेतिकमय वनाईदै
चितवन ,२६ मंसिर । पुषको पहिलो साता सुरु हुने तेश्रो खैरहनी महोत्सवलाई थप आकर्षक वनाउने कला तथा सास्कृतिक समितिले तयारी गरेको छ । उद्योग बाणिज्य संघ खैरहनीको आयोजनामा आगामी पुष ५ गतेदेखी १६ गतेसम्म खैरहनी २ लदरी खोला किनारमा महोत्सव हुदैछ । आयोजक संघका वरिष्ठ उपाध्यक्ष एवं कला तथा सास्कृतिक समिति संयोजक अर्जुन लम्सालका अनुसार यस पटकको महोत्सवमा चर्चित कलाकारहरु ल्याउन लागिएको छ ।
चर्चित नायक पल शाह,गायकहरु पशुपति शर्मा,मिलन लामा ,शिव परियार,दुर्गेश थापा,कमल खत्री,अर्जुन सापकोटा,मनोज महतो, गायिकाहरु ज्योति मगर,शान्तिश्री परियार,रचना रिमाल,अस्मिता अधिकारी,शान्तीरानी परियार,दुर्गा सापकोटा,अस्मिता डल्लाकोटी,शोभा त्रिपाठी लगायत कलाकारहरु आउने निश्चित भएको संयोजक लम्सालले वताए । त्यस्तै जादुगर वलराम सरकार,हास्य कलाकारहरु राजेन्द्र नेपाली लट्टे,दिनेश काफ्लेको पनि प्रस्तुती रहनेछ ।
यसैगरि प्रत्येक दिन पर्सा डान्स सेन्टरको प्रस्तुती रहने संयोजक लम्सालले जानकारी दिए । महोत्सवको मिति नजिकिदै गर्दा तयारी पनि तीव्र पारिएको छ । आयोजक उद्योग बाणिज्य संघले आन्तरीक र वाह्य तयारी गरिरहेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले वताए । अहिले महोत्सव स्थल वारवेर गर्ने,वाल उद्यान निर्माण,परिसर निर्माणको काम भईरहेको खनालले वताए ।


















