महोत्सवमा टिकट काटे केवलकार र फिल्म हलमा छुट
चितवन, २६ मंसिर । खैरहनी महोत्सवले दर्शकका लागि केही योजना ल्याएको छ। उद्योग वाणिज्य संघ खैरहनीको आयोजनामा संचालन हुन लागेको तेश्रो खैरहनी महोत्सवमा अवलोकनका लागि टिकट काटेमा विभिन्न छुट ल्याएको हो। टिकट काटेर महोत्सव अवलोकन गरेमा मौलाकालिकाको केवलकारमा ५० प्रतिशत छुटको ब्यबस्था गरेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए ।
यस्तै महोत्सवको टिकट काटेमा म्याङ्गो जनज्योति हल पर्सामा फिल्म हेर्दा लाग्ने टिकटमा ५०% नै छुटको ब्यबस्था गरिएको संयोजक खनालले बताए । यो अफर पुष ५ गतेदेखी १७ गते सम्मका लागि तोकिएको छ । तेश्रो खैरहनी महोत्सव आगामी पुष ५ गतेदेखी १६ गते सम्म लदरि खोला किनार चैनपुरमा हुदैछ । महोत्सवको तयारि करिव सकिएको आयोजकले जनाएको छ। यस पटक महोत्सवमा थप आर्कषणको रुपमा जिप लाइन,डुङ्गा सयर,महिला कुस्ती समेत आयोजना गरिने तयारी छ ।

























