कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु : कुशल भुर्तेल
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१ | १९:१२:४२
चितवन, ३० मंसिर । पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल)मा आफ्नो प्रदर्शन किन कमजोर भयो भनेर आफैँ बु्झ्न नसकेको बताएका छन् । आइतबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमसँग ५ रनले पराजित भएपछि कप्तान कुशल भुर्तेलले यसो बताएका हुन् ।
‘म आफैँले बुझ्न सकेको छैन मेरो प्रदर्शन यस्तो भयो भनेर।’ भुर्तेलले पोष्ट म्याचमा भने। उनले समग्र लिगमा आफ्नो प्रदर्शनबाट सन्तुष्ट नभएको बताए ।
साथै उनले कमजोर प्रदर्शनको जिम्मेवारी पनि आफै लिने बताए । उनले भने, ‘कमजोर प्रदर्शनको जिम्मेवारी आफैँ लिन्छु।’
प्रकाशित मिति : आइतबार, मंसिर ३०, २०८१ |
१९:१२:४२
903