रोड रेशमा पुलिसका अहिर प्रथम
चितवन, ०४ पौष । तेस्रो खैरहनी महोत्सवको पुर्व सन्ध्यामा बिहीबार आयोजित रोड रेश प्रतियोगितामा नागेश्वर अहिर प्रथम भएका छन् । नेपाल पुलिस क्लबका अहिरले निर्धारित ७ किलोमिटरको दुरि २२ मिनेट ४० सेकेन्डमा पूरा गर्दै प्रथम भएका हुन् । उनले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । द्वितीय भएका शशस्त्र प्रहरिका राजेन्द्र तामाङले २२ मिनेट ५० सेकेन्ड ,तृतीय भएका कालिका नगरपालिकाका सुनिल बिकले २४ मिनेट ३६ सेकेन्डमा निर्धारित दुरि पूरा गरे । द्वितीय र तृतीयले क्रमश ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
बिजयी खेलाडिहरुलाई महोत्सवको कुनै अवसर पारेर पुरस्कृत गरिने महोत्सवका खेलकुद समिति संयोजक प्रेम जोशीले जानकारी दिए । चौथो देखि दशौ सम्मका खेलाडीलाई एक एक हजार रुपैयाँ पुरस्कार दिइनेछ । उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा शुक्रबार देखि सुरु हुने महोत्सवको तयारी सकिएको संघका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले जानकारी दिए । संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यतामा महोत्सवको उद्घाटन हुनेछ ।