खैरहनी महोत्सवमा रक्तदान, ६१ युनिट रगत संकलन
प्रकाशित मिति: बुधबार, पौष १०, २०८१ | २०:४२:०१
चितवन , १० पुष । तेस्रो खैरहनी महोत्सवको अवसरमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । महोत्सव परिसरमै आयोजित कार्यक्रममा ६१ युनिट रगत संकलन भएको महोत्सव आयोजक उद्योग बाणिज्य संघ खैरहनीले जनाएको छ । जसमा ४१ जना पुरुष र २१ जना महिलाले रगत दान गरेका थिए ।
रक्तदान गर्ने मध्य १८ जना नयाँ दाता रहेको स्वास्थ्य समिति संयोजक बिनोद नेपालले जानकारी दिए । रक्तदान गरेका प्रत्येकलाई एक एक वटा टिकट निशुल्क प्रदान गरिएको थियो ।
प्रकाशित मिति : बुधबार, पौष १०, २०८१ |
२०:४२:०१
1189