खैरहनी महोत्सवमा महिला,पुरुष कुस्ती प्रतियोगिता
चितवन, ११ पौष । तेस्रो खैरहनी महोत्सवमा बिहीबारदेखि कुस्ती प्रतियोगिता सुरु भएको छ । महोत्सवलाई थप आकर्षक बनाउन कुस्ती प्रतियोगिता समाबेश गरिएको आयोजक उद्योग बाणिज्य संघ खैरहनिले जनाएको छ । प्रतियोगितामा महिला पुरुष छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । बिजेताहरुलाई नगद सहित पुरस्कार प्रदान गरिने महोत्सव संयोजक एव संघका अध्यक्ष कुमार खनालले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका कुस्ती खेलाडीहरु सहभागी छन् । प्रतियोगिता पुस १३ गतेसम्म चल्नेछ ।
महोत्सवको सातौं दिन सांस्कृतिक कार्यक्रममा चर्चित गायिका अस्मिता अधिकारी लगायत कलाकारको प्रस्तुति रहेकोमा शुक्रबार दुर्गा सापकोटा ,सुमन परियार,बेनिशा पौडेलको प्रस्तुति रहने कला तथा सांस्कृतिक समिति संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए । पुस ५ गतेदेखि सुरु भएको महोत्सव १६ गतेसम्म चल्नेछ ।