खैरहनी महोत्सवको अवसरमा फुड फेस्टिवल र साहित्यिक रचना वाचन
उद्योग बाणिज्य संघ खैरहनिको आयोजनामा आजदेखी प्रथम खैरहनी फुड फेस्टिवल सुरु भएको छ । तेस्रो खैरहनी महोत्सवको अवसर पारेर संघले पर्सा बजार स्थित म्याङ्गो जनज्योति हल अगाडिको सडकमा फेस्टिवलको आयोजना गरेको हो । पुस ५ गते सुरु भएको महोत्सव भने लदरी खोला किनारमा संचालन भईरहेको छ ।
फेस्टिवलको एक कार्यक्रमका बीच खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उप्रेतीले यो फेस्टिवलले होटल ब्यवसायको प्रबर्द्धन गर्न मद्दत गर्ने बताइन् । उद्योग बाणिज्य संघले आफ्ना ब्यवसायिको प्रबर्द्धन गर्ने हो,उपप्रमुख उप्रेतीले भनिन् – नगरपालिकाले पनि ब्यवसायको बिकास,प्रबर्द्धनमा सहयोग गर्छ । आपसी सद्भाव कायम गरि अनुशशित रुपमा फेस्टिवल मनाउन उनले आग्रह गरिन ।
कार्यक्रममा खैरहनी ८ का वडा अध्यक्ष शंकर कडेलले उद्योग बाणिज्य संघले पहिलो पटक फेस्टिवलको आयोजना गरेकोमा अब महोत्सवको अवसर बाहेक प्रत्येक बर्ष फेस्टिवल संचालन गर्न सुझाव दिए ।
उद्योग बाणिज्य संघ खैरहनीका अध्यक्ष एवं महोत्सवका संयोजक कुमार खनालले महोत्सव अवसर बजारलाई चलायमान बनाउन फेस्टिवल आयोजना गरिएको बताए । पहिलो पटक आयोजित फेस्टिवललाई सद्भाव ,एकता,भाईचारा र मनोरञ्जनका रूपमा बनाउन खनालले आग्रह गरे ।
संघका उद्योग उपाध्यक्ष एवं फेस्टिवल संयोजक रामेश्वर पोखरेलले स्वागत मन्तब्य राखेको कार्यक्रम महासचिव बिनोद अर्यालले संचालन गरेका थिए ।
पुस १५ गते सम्म चल्ने फेस्टिवलमा विशेष गरि नेवारी खानाका परिकार ,कुखुराका परिकारको स्वाद लिन पाउनुका साथै प्रत्येक दिन सांस्कृतिक कार्यक्रम पनि आयोजना हुने महोत्सवका कला तथा सांस्कृतिक समिति संयोजक एव संघका वरिष्ठ उपाध्यक्ष अर्जुन लम्सालले जानकारी दिए ।
महोत्सवकै अवसरमा आज साहित्यिक रचना वाचन कार्यक्रम समेत भएको छ । उद्योग वाणिज्य संघको सभाहलमा भएको कविता , गजल र मुक्तक वाचन कार्यक्रममा २६ जना साहित्यकारहरुले आफ्नो रचना प्रस्तुत गरेको किरण बुर्लाकोटिले जानकारी दिए । कार्यक्रमको प्रमुख अतिथि चितवन साहित्य परिषदका अध्यक्ष केदारनाथ खनाल , विशिष्ट अतिथीमा रत्ननगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कुलप्रसाद सापकोटा , रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे लगायतको उपस्थिति रहेको थियो ।