खैरहनीमा लैंगिक समानता,सशक्तिकरण सवलिकरण कार्यक्रम
चितवन, १२ फाल्गुन । खैरहनी नगरपालिका न्यायिक समितिको आयोजनामा लैंगिक समानता र महिला शशक्तिकरण विषयक सवलिकरण कार्यक्रम सोमवारदेखी सुुरु भएको छ । साविक खैरहनी,चैनपुर,कठार र कुमरोजलाई लक्षित गर्दैै दुई चरणमा कार्यक्रम सुरु भएको हो । सोमवार साविक चैनपुर र खैरहनीका सरोकारवालाहरुका लागि कार्यक्रम भएको छ । मनोसामाजिक परामर्श,अवधारणा,शिप र विधिहरु,लैंगिक समानता र महिला सशक्तिकरण सम्वन्धी कानुुनी तथा नितिगत व्यवस्थाका बारे जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको खैरहनी नगरपालिका न्यायिक समिति संयोजक एवं उपप्रमुख कविता उप्रेतीले जानकारी दिईन् ।
पहिलो चरणमा चैनपुर र खैरहनीका महिला जनप्रतिनिधी,वडा मेलमिलाप संयोजक,टोल विकास संस्था,महिला सहकारी संस्था,विद्यालय प्राचार्य,मन्टेश्वरी,महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई मनोसामाजिक परामर्शःअवधारणा शिप र विधिहरुका बारे मनोसामाजिक परामर्शदाता विमला श्रेष्ठ, लैंगिक अवधारणा,अभ्यास र सामाजिक सास्कृतिक प्रभावका बारे लैंगिक परामर्शदाता शान्ति अधिकारी,लैंगिक समानता,महिला शशक्तिकरण सम्वन्धी कानुनी तथा नितिगत व्यवस्थाका बारे अधिवक्ता संजय चौधरी,उत्प्रेरणाका बारे इश्वर गैरेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा वोल्दै नगर प्रमुख शशिकुुमार खनियाँले महिलाहरुलाई नगरपालिकाले विशेष प्राथमिकता दिएको उल्लेख गर्दैै उनीहरुका लागि तालिम,व्यवसाय दर्तामा छुट,व्यवसाय संचालन गर्न वीउ पुँजीको व्यवस्था गरिनुका साथै वालमैत्रीसंगै महिलामैत्री नगरपालिका वनाउन लागिएको बताए । उनले महिला शशक्तीकरणका लागि महिला समुह गठन अभियान संचालन गरिएको पनि वताए ।
उपप्रमुख कविता उप्रेतीले महिलाको समस्या सम्वन्धी आवाज उठाउन विभिन्न संघसंस्थामा महिलाको नेतृत्व आवश्यक पर्ने भन्दै टोल टोलमा न्यायिक घुम्ती शिविर संचालन गरिएको वताईन् । न्यायिक समिति संयोजक एवं उपप्रमुख कविता उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समिति सदस्य गोमादेवी भुजेलले स्वागत मन्तव्य राखेकी थिईन । दोश्रो चरणमा मंगलवार साविक कठार र कुमरोजका सरोकारवालाहरुका लागि कार्यक्रम संचालन गरिने उपप्रमुख उप्रेतीले जानकारी दिईन् ।