टाडीमा यामाहाको मेघा एक्सचेन्ज कार्यक्रम ,नगद छुटदेखि सतप्रतिशत फाइनान्स सुविधा
चितवन, २२ चैत । पुर्बी चितवनको लागि यामाहाको आधिकारिक बिक्रेता कालिका मोटरसाइकल पार्ट्सले मेघा एक्सचेञ्ज कार्यक्रम संचालन गरेको छ । दुई पाङ्ग्रे सवारीसाधनको उत्पादन तथा बिक्रीवितरण गर्दै आएको यामाहा ब्रान्डको मोटरसाइकल तथा स्कुटरको मेघा एक्सचेञ्ज कार्यक्रम रत्ननगर १ सौराहा चोक नजिक संचालन भइरहेको छ ।
चैत्र २१ गतेदेखि शुरु भएको यामाहा मेघा एक्सचेन्ज कार्यक्रम चैत्र २७ गतेसम्म सञ्चालन हुनेछ । एक्सचेन्ज कार्यक्रममा ग्राहकहरले मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक नगद छुट सहित सतप्रतिशत फाइनान्सको सुविधा पाउने छन् ।
यामाहा मेघा एक्सचेन्ज कार्यक्रम अन्तर्गत कुनै पनि ब्रान्डका मोटरसाइकल तथा स्कूटर एक्स्चेन्ज गर्दा रु १० हजार थप मुल्यांकनको सुविधा रहेको छ ।त्यस्तै नगद खरीदमा रु.६ हजार छुट र फाइनान्स गर्दा शत प्रतिशत(१००%) फाइनान्सको सुविधा, त्रैमासिक किस्ताबन्दिको सुबिधा, होम डेलिभरी, अन द स्पट फाइनान्स सुबिधा उपलब्ध रहेको छ ।
त्यस्तै हरेक मोटरसाइकल तथा स्कुटरको खरिदमा एक्सेसोरिज निःशुल्क प्राप्त गर्न सकिने कालिका मोटरसाइकलका टाडी शाखा प्रमुख रामचन्द्र कोइरालाले जानकारी दिए । यामाहा मेघा एक्सचेन्ज कार्यक्रम अन्तर्गत प्रत्येक दिन आउने ग्राहकहरुका लागि डोर इन्ट्री पुरस्कारको समेत व्यवस्था गरिएको छ । सो कार्यक्रम अन्तर्गत फ्रि टेष्ट राइडको पनि व्यवस्था गरिएको छ । प्रत्येक टेष्ट राइडमा आकर्षक उपहारहरु राखिएको छ ।


















