चौथो कठार फुड फेस्टिवलको अवसरमा साइकल रेस, प्रमित थापा प्रथम
चितवन, ३१ चैत । नयाँ वर्ष २०८२ को अवसरमा आजबाट सुरु हुने चौथो कठार फुडफेस्टिबललाई मध्यनजर गर्दैै आज बिहान साइकल रेस प्रतियोगिता गरिएको छ । फुड फेस्टिबल परिसरबाट सुरु भएको साइकल रेस प्रतियोगितामा प्रमित थापा प्रथम भएका छन् । १० किलोमिटर दुरीको साइकल रेस २३ मिनेट १० सेकेण्डमा दुरी पुरा गर्दै थापा प्रथम भएका हुन् । त्यस्तै रोनिश कर्मचारी द्धितिय भएका छन् । प्रथम हुने थापालाई पछ्याएका कमर्चारी दुुई सेकेण्डको ढिलाईले द्धितिय हुन पुुगे । उनले २३ मिनेट १२ सेकेण्डमा निर्धारित दुरी पुरा गरे । त्यस्तै कृष्ण घिमिरे तृतिय भएका छन् । उनले २४ मिनेटमा निर्धारित दुरी पुरा गरे । प्रथम , द्धितिय र तृतियले नगद ८ हजार ४ हजार र २ हजार रुपैयाँ प्राप्त गर्ने कठार पर्यटन विकास समितिका अध्यक्ष लिला गुरुङ्गले जानकारी दिए ।
साइकल रेसमा सहभागी भएका महिलाहरुलाई हौसलाको रुपमा महिलामध्यबाट उत्कृष्ठ तिन जनालाई समेत पुरस्कृत गरिएको छ । सहयोगीदताहरुले स्वतस्फूर्त रुपमा महिलाहरुलाई हौसला प्रदान गर्न महिलाहरुमध्य छिटो दुरी पुरा गर्ने तिन जनालाई पुरस्कार दिन घोषणा गरेका थिए । महिलाहरुमध्य प्रथम हुनेलाई नगद २ हजार र द्धितिय तथा तृतिय हुनेलाई नगद एक एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिलाहरुमध्य रश्मी तमाङ्गले ३१ मिनेट ३० सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै प्रथम भइन् । त्यस्तै अनिशा गुरुङ्गले ३१ मिनेट ४५ सेकेण्ड र पुुनम मोक्ताङ्गले ३३ मिनेट १७ सेकेण्डमा साइकल रेस पुरा गरेकी हुन् । साइकल रेसमा प्रथम , द्धितिय र तृतिय हुनेहरुलाई आजै फुडफेस्टिबलको औपचारिक कार्यक्रम उद्घाटन समारोहमा पुरस्कार रकम हस्तान्तरण गरिने साइकल रेसका संयोजक मानकुमार चौधरीले जानकरी दिए ।