मौसम बाधक बन्दा नेपाल विश्वकप पुग्न असफल
प्रकाशित मिति: शनिबार, बैशाख ०६, २०८२ | १७:२४:११
चितवन, ०६ वैशाख । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तान बीचको निर्णायक खेल रद्द हुँदा नेपाल विश्वकप पुग्न असफल भएको छ ।
आज बिहानदेखि भएको वर्षाले मैदान भिजेका कारण खेल रद्द भएको हो ।
मुलपानी मैदानमा छनोट प्रतियोगिताको अन्तिम खेल शनिबार बिहान साढे ९ बजे हुने तय थियो । तर बिहानैदेखि वर्षा भएपछि खेल हुन सकेन । वर्षा रोकिए पनि मैदान चिसो भएका कारण खेल रद्द गरिएको हो ।
खेल रद्द भएसँगै नेपालले यू-१९ विश्वकप पुग्न असफल भएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ०६, २०८२ |
१७:२४:११
705