खैरहनीमा धारिलो हतियार प्रहारबाट ४ जना घाइते
चितवन, ३० वैशाख । पुर्वीचितवनको खैरहनीमा एक समुहले धारिलो हतियार प्रहार गरि ४ जनालाई घाइते बनाएका छन् । खैरहनी ८ स्थित आहार क्याफेमा खाजा खाना गएकाहरु माथी एक्कासी बाहिरबाट आएर एक समुहले धारिलो हतियार प्रहार गरेको हो । धारिलो हतियार प्रहारबाट ४ जना घाइते भएको प्रहरीले जनाएको छ । गैंडाकोट घर भएका सरोज क्षेत्री लगायतको ३/४ जनाको समुहले धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
धारिलो हतियार प्रहारबाट राप्ती नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष २८ को दिपेन्द्र सिंह गोले , राप्ती न.पा.२ बस्ने बर्ष २८ को गणेश लामा , खैरहनी न.पा.९ सिमलटाँडी बस्ने बर्ष २७ को अमृत आचार्य र खैरहनी ७ को ३० वर्षीय रोशन आचार्य घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । घाइतेहरुमध्य गोलेको हातमा गहिरो चोट रहेको प्रहरीले जनाएको छ । अन्यको अवस्था मध्यम र सामान्य रहेको छ । प्रहरीले राप्ती न.पा. ४ भवानीपुर बस्ने वर्ष २९ को मिलन रुम्बा र सोही स्थानका २९ वर्षिय विशाल लामालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।