खैरहनीमा एसइई दिएका विद्यार्थीहरुलाई जीवनउपयोगी शिक्षा र उद्यम संस्कृति सम्बन्धि अभिमुखिकरण
चितवन, ३१ बैशाख । खैरहनी नगरपालिका न्यायिक समितिको आयोजनामा जीवनोपयोगी शिक्षा र उद्यम संस्कृतिः सामाजिक न्याय र दिगो शान्ति विषयक अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख कविता उप्रेतीको अध्यक्षता तथा नगरप्रमुख शशी कुमार खनियाको प्रमुख उपस्थितिमा सम्पन्न कार्यक्रममा नगर शिक्षा अधिकारी राजु बानियाँ न्यायिक समिति सदस्य गोमादेवी भुजेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षाविद प्रेम रिमालले शिक्षाका विविध पक्षहरुका बारेमा भनाइ राखेका थिए भने स्रोत व्यक्ति आचार्य लक्ष्मण भण्डारीले जीवनोपयोगी शिक्षा उद्यम संस्कृति सामाजिक न्याय लगायतका विषयमा र प्रहरी निरीक्षक प्रताप महतले लागु औषध दुर्व्यसन तथा बच्ने उपायहरुका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा एसईई दिएर बसेका विभिन्न विद्यालयका ७० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख खनियाले समाज परिवर्तनका संवाहक विद्यार्थी रहेको उल्लेख गर्दै असल नागरिक उत्पादन गर्न यस्ता कार्यक्रमले महत्त्व खेल्ने बताए । यो खाली समयमा केहि नयाँ अनि दैनिक जीवनमा अन्य धेरै कुराहरु थाहा पाउन जरुरी छ ,प्रमुख खनियाले भने समयको महत्त्व बुझ्न,बुझाउन यी यस्ता कार्यक्रम फलदायी हुनेछन ।