प्रतिनिधिसभाको बिहीबारसम्मका लागि स्थगित
प्रकाशित मिति: मंगलबार, आषाढ ०३, २०८२ | १७:५७:४६
चितवन, ०३ असार । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। संसद् सचिवालयले सूचना टाँस गरेर बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएकाे छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामा माग गर्दै जेठ १३ गतेदेखि यता सदनमा विरोध गर्दै आइरहेका छन् ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०३, २०८२ |
१७:५७:४६
1827























