देउराली बचत तथा ऋण सहकारीको वार्षिक योजना तथा कार्यविधि संशोधन गोष्ठी सम्पन्न
चितवन, ०८ असार । देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर–३, चितवनको आर्थिक वर्ष २०८२/०८३ का लागि वार्षिक कार्ययोजना गोष्ठी तथा कार्यविधि संशोधन कार्यशाला शनिबार सम्पन्न भएको छ।कार्यक्रममा सचिव मिठु गौतमले कार्यविधि संशोधनसम्बन्धी प्रस्तुति राख्नुभयो भने कार्यबाहक व्यवस्थापक सम्झना मिश्र लामिछानेले आगामी वर्षको योजना, कार्यक्रम तथा बजेटको प्रस्तुति गर्नुभयो। उहाँले आर्थिक वर्ष२०८१/०८२को संस्थागत अवस्था प्रस्तुत गर्दै गोष्ठीको सहजीकरण गर्नु भएको थियो ।त्यस्तै संस्थाका वरिष्ठ सहायक विमला सापकोटाले संस्थागत विश्लेषण प्रस्तुत गर्दै सहकारीको वर्तमान अवस्था र सुधारका सम्भावनाहरुबारे जानकारी दिनुभयो।
अध्यक्ष नवीन रिजालको अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको हो। उहाँले प्रस्तुत कार्ययोजनालाई उत्कृष्ट, गुणस्तरीय तथा प्रविधि–मैत्री बनाउँदै सेवा प्रवाहमा सुधार ल्याउने प्रतिबद्धता सहित धन्यबाद व्यक्त गर्नु भयो । कार्यक्रममा पूर्व अध्यक्ष एवम् सल्हाकार डा. सुदीप वाग्ले र प्रदीप वाग्ले,निवर्तमान अध्यक्ष एबं सल्हाकार गुमान सिंह खड्का संस्थापक तथा सल्हाकार अर्जुन अधिकारी, लेखा समिति संयोजक महादेव पौडेल, लगायतले सहकारीको विकास, पारदर्शिता र सदस्य सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। संस्थाका उपाध्यक्ष केदारनाथ गौतम को संयोजकत्व मा सो कार्यक्रम आयोजना गरिएको हो।
वि.सं. २०६६ सालमा स्थापना भएको देउराली सहकारीले हालसम्म वित्तीय सेवा प्रदानसँगै सामुदायिक विकास, वित्तीय साक्षरता र सहकार्यमा आधारित सामाजिक अभियानमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। कार्यक्रममा सञ्चालक समिति सदस्य, उपसमिति, संस्थापक सदस्य,कर्मचारी लगायतको उपस्थिति रहेको थियो।