आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द
प्रकाशित मिति: सोमबार, आषाढ १६, २०८२ | २०:२०:०४
चितवन, १६ असार । चितवन राष्ट्रिय निकुञ्जले आजदेखि निकुञ्जभित्र जीप सफारी बन्द गरेको छ ।
निकुञ्जले सूचना निकालेर वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननको समय भएकाले आजदेखि लागू हुनेगरी जीप सफारी बन्द गरेको जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार असोजको पहिलो वा दोस्रो हप्तासम्म जीप सफारी बन्द गरिएको हो । त्यति बेला ठूलो वर्षा भएमा केही ढिलो खुल्ने भए पनि वर्षा कम भएमा असोजको पहिलो हप्ता सफारी खुल्नेछ ।
प्रकाशित मिति : सोमबार, आषाढ १६, २०८२ |
२०:२०:०४
1695

























