भौतिक पूर्वाधार मन्त्रीले बेलिब्रिज उद्घाटन
प्रकाशित मिति: बुधबार, भाद्र ०४, २०८२ | १५:५३:३७
चितवन,०४ भाद्र । केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा जडान गरिएको बेलिब्रिज आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उद्घाटन गर्नुभयो ।
सङ्घीय सरकारको रु १ करोड ३५ लाख लागतमा गत असारमा निर्माण सम्पन्न गरिएको पुल ४८ दशमलव ६ मिटर लामो रहेको सडक डिभिजन कार्यालयका इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो ।
पुल सञ्चालनमा आएपछि मेची राजमार्गको विकल्पका रूपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ ।
प्रकाशित मिति : बुधबार, भाद्र ०४, २०८२ |
१५:५३:३७
3763




















